काभ्रे, २ साउन । पत्रकार रामसुन्दर आचार्य युवा प्रतिभा पुरस्कारबाट सम्मानित भएका छन् ।
सोमबार जिल्ला युवा समितिको कार्यालय काभ्रेपलान्चोकले जिल्ला स्तरीय युवा प्रतिभा तथा युवा उद्यमीको खोजी र उनीहरुको कार्यलाई प्रोत्साहन कार्यक्रम अन्तर्गत सूचना तथा सञ्चार विधाबाट पत्रकार आचार्य सम्मान गरेको हो ।
आचार्यसँगै लेखन विधामा नवराज ढकाल, समाज सेवामा चण्डिका वाग्ले, युवा उद्यमीमा कृष्ण धिताल, नारायण खकुरेल र समित्रा श्रेष्ठ सम्मानित भएका छन् ।













प्रतिक्रिया