रसुवा ९ कात्तिक । करोडौ ठगी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय रसुवाले बाबुछोरालाई कारागार चलान गरेको छ ।
सर्लाही जिल्ला लौकट गाविस घर भै हाल काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका–१५ स्वयम्भु, किमाडोल वस्ने ६० बर्षीय छोरा निरवहादुर लामा र उनका ३३ बर्षीय छोरा प्रविण लामालाई अनुसन्धान पश्चात कारागार चलान गरिएको हो ।
रसुवा हाकु –३ को पुरानो स्वयम्भु घ्याङ गुठीको नाममा दर्ता भएको र विभिन्न स्थानीय व्यक्तिहरूको नाममा फिल्ड बुकमा नाम कायम भएको तर श्रेष्तामा मोही नभएको अवस्थाको करिव ३०८ रोपनी जग्गाको धनी पुर्जी वनाइदिने भन्दै मोही हकवालासँग उनीहरुले १ करोड ५५ लाख रूपैयाँ काठमाडौंको न्युरोडस्थित जनता बैंकबाट निकालेका थिए । रकम झिकिसके पश्चात उनीहरू काम गर्नको साटो उल्टै सम्पर्कविहीन भएका थिए । त्यसपछि पीडितहरूले जिल्ला प्रहरी कार्यलय रसुवामा कार्वाही गरी पाँउ भनी जाहेरी दिएका थिए ।
जायरी अनुसार प्रहरीले अनुसन्धानलाई तिव्रता दिएकोमा यही असोज १४ गते महानगरीय प्रहरी बृत स्वयम्भुको सहयोगमा उनीहरु पक्राउ परेका थिए ।
















प्रतिक्रिया