२१ कार्तिक २०८३, शनिबार

प्रधानमन्त्रीको स्वकीय सचिवमा जोशी नियुक्त

2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, १ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो स्वकीय सचिवमा केशवराज जोशीलाई नियुक्त गर्नुभएको छ ।

प्रधानमन्त्री देउवाले आइतबार स्वकीय सचिवमा नियुक्त गर्नुभएको हो । स्वकीय सचिवमा नियुक्ति जोशी अधिवक्ता समेत हुनुहुन्छ ।

जोशीलाई विशिष्ठ श्रेणीको सेवा सुविधा पाउने गरी नियुक्त गरिएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिनुभयो ।

धनगढी उपमहानगरपालिका–५ का जोशी यसअघि २०६१ सालमा तत्कालीन कानूनमन्त्री टेकबहादुर चोखालको स्वकीय सचिव भएर काम गरिसक्नु भएको छ ।

उहाँले तत्कालीन श्रमराज्यमन्त्री टेकबहादुर गुरुङको कानूनी सल्लाहकारका रुपमा सहयोग गर्नुभएको थियो ।