२१ कार्तिक २०८३, शनिबार

काठमाडौं महानगरका मेयरलाई विवेकशील नेपालीको ज्ञापन पत्र

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ साउन । विवेकशील नेपाली दलले आज काठमाण्डौ महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यलाई ज्ञापन पत्र बुझाएको छ । काठमाडौँको सडक तथा ढल व्यवस्थापनमा भएको कमजोरीले नागरिकको जीवन अस्तव्यस्त बनेको छ र कतिपय ठाउँमा ज्यान जोखिममा परेको भन्दै यस विषयलाई ध्यानाकर्षण गर्न दलले ज्ञापन पत्र बुझाएको हो । मेयर विद्या सुन्दर शाक्य नगरसभामा जानुभएका कारण महानगरको सचिवालयमा ध्यानाकर्षण पत्र बुझाएको हो ।

वर्षातको समयमा काठमाण्डौको विभिन्न स्थानमा पानी जम्ने र आहाल हुने समस्या हुँदै आएको छ । त्यसमाथि काठमाण्डौ महानगरपालिका भित्र मेलम्ची र सडक विस्तारका क्रममा भएका कार्यहरु काम पश्चात अव्यवस्थित रहेका कैयौं स्थानहरु छन्।  अझ गत शुक्रबार सामाखुसीमा एउटी बालिका ढलको नालीमा पसेर बगाएको घटनाको भिडियो पनि सामाजिक संजालमा छाएको थियो । यस्तो घटनालाई महानगरपालिकाले गम्भीरता पुर्वक लियोस् भन्दै दलले ध्यानाकर्षण गरेको छ । दैनिक रुपमा प्रयोग गरिने सडकहरु त्यसमाथि देशकै राजधानी जस्तो ठाउँ हिंडडुलका लागि असुरक्षित हुनु र ज्यानै जाने गरिको घटना घट्नु अत्यन्त दुखद र लापरवाहीको उपज हो।

त्यस्तै, यस्तो घटनाका कारक वा गैरजिम्मवारपुर्वक आफ्नो काम निप्ट्याउने ठेकेदार तथा इन्जिनियरलाई पनि अविलम्ब कारवाहीको दायरामा ल्याउन जरुरि छ । भविस्यमा यस्ता दुखद घटना नदोहोरिन दिन महानगरले विशेष चासोका साथ काम गर्न र समयमै सम्पूर्ण सडक विस्तार, ढल व्यस्थापनका कामलाई सम्पन्न र मर्मत सम्भार गर्न आग्रह गरेको हो ।