२१ कार्तिक २०८३, शनिबार

लिबाङमा सुरक्षाकर्मीलाई तीनदिने तालिम, मानव अधिकारको पहिलो रक्षक प्रहरी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– जीवन डाँगी

रोल्पा, १ साउन । सुरक्षाकर्मीहरका लागि तीनदिने तालिम आइतबारदेखि रोल्पाको लिबाङमा सुरु भएको छ ।

मानबअधिकार, संक्रमणकालीन न्याय र शान्ति निमार्णमा टेवा पु¥याउने उदेश्यले तालिमको आयोजना गरिएको मानबअधिकार संरक्षण तथा कानुनी सेवा केन्द्र हरप्लेस रोल्पाका कार्यक्रम संयोजक खेम बुढामगरले बताए ।

रोल्पा नगरपालिका मेयर एबम् उद्घाटन समारोहका प्रमुख अतिथि पुर्ण के.सीले देश अहिले शान्ति स्थापनाको दिशा तर्फ गईरहेकाले, नागरिक र सुरक्षाकर्मी बिचको सम्बन्ध सुमधुर हुनुपर्नेमा जोड दिए ।

देश समृद्धिको बाटोमा लम्कदै जादा, जनतामा चेतनाको बिकास हुने भएकाले मानबअधिकार बुझ्न जरुरी रहेको समेत उनले बताए ।

मानबअधिकारको पहिलो रक्षक प्रहरी नै भएको बताउदै, सुरक्षा निकार्यबाटै यसका बिबिध पक्ष जान्न जरुरत रहेको बरिष्ठ अधिबक्ता बसन्त गौतले जनाए ।

मंगलबार सम्म चल्ले तालिममा जिल्ला प्रहरी कार्यालय रोल्पाका करिब २० जना सुरक्षाकर्मीको सहभागिता रहेको संयोजक बुढामगरले जानकारी दिए ।

तालिमको सहजिकरण बरिष्ठ अधिबक्ता गौतम, प्रमुख जिल्ला अधिकारी डा.डिजन भट्टराई, पत्रकार महासंघ रोल्पा शाखाका संस्थापक अध्यक्ष काशिराम डाँगी, खेम बुढामगर लगायतले गर्ने आयोजक हरप्लेस रोल्पाले बताएको छ ।