काठमाडौं, १ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्मासहित ३ जनाविरुद्ध १० अर्बभन्दा बढी भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
अख्तियारले आइतबार विहान शर्मासँगै कर फ्छ्र्यौट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकालविरुद्ध १० अर्ब २ करोड १९ लाख १ हजार ८२४ रुपैयाँ भ्रष्टाचार गरेको दाबीसहित मुद्दा गरेको विशेष अदालतका रजिष्ट्रार भीमकुमार श्रेष्ठले जानकारी दिए ।
कर फ्छ्र्यौटमा व्यापारीलाई छुट दिएर अनियमितता गरेको भन्दै अख्तियारले शर्मालाई केही समयअघि पक्राउ गरी हिरासतमा राखेको छ । यद्यपी आयोगका अध्यक्ष महत र सदस्य ढकाल भने फरार छन् ।















प्रतिक्रिया