घोराही, १ साउन । दाङको राप्ती उपक्षत्रीय अस्पताल घोराहीमा बन्न लागेको नयाँ भवनको शिलन्यास भएको छ । भवनको उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले शनिबार शिलन्यास गरेका हुन् ।
१६ करोड २२ लाख ९४ हजार ८ सय ४२ रुपैयाँको लागतमा एमके दिवा जेभी निर्माण कम्पनीले भवन २ वर्षभित्र निर्माण गर्ने सम्झौता गरेको छ ।
कांग्रेसका सांसद राजु खनालले सबैको पहलमा राप्ती उपक्षत्रीय अस्पतालको स्तरवृद्धि र नयाँ भवनको काम अगाडि बढेको बताए । उनले भने, ‘स्थानीय राजनीतिक दलहरूको दवाव, दङ्गाली जनताको इच्छा, नागरिक समाजसहित सबैको सहयोगमा अस्पतालको काम अगाडि बढेको हो’, उनले भने ।
अस्पताललाई ५ नं. प्रदेशको नमूना अस्पतालसँगै गुणस्तरीय बनाउन प्याकेजका कार्यक्रमहरूमा सरकारले सहयोग गर्नेछ ।
अस्पताल बिकास समितिका सदस्य दीपक पाण्डेको स्वागत मन्तब्यबाट सुरुभएको कार्यक्रममा अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा जनार्दन पन्थीले अस्पतालको अबस्थाका बारेमा जानकारी गराए ।













प्रतिक्रिया