
काठमाडौं । फिलिपिन्समा यहि १९ देखि २९ जुलाइसम्म आयोजना हुने पुरुषहरूको सौन्दर्य प्रतियोगिता ‘म्यान अफ द वर्ल्ड’मा नेपालको प्रतिनिधित्व डा.श्रीराम चन्दले गर्ने भएका छन् ।
क्यानडा, ब्राजिल, अष्ट्रेलिया, सिंगापुर लगायत ३५ देशका युवाहरुको सहभागिता रहनेछ । १० दिनसम्म प्रतियोगिता पिइइपिएस फाउन्डेसनले आयोजना गर्न लागेको हो । प्रतियोगिताका लागि चन्द सोमबार मध्यान्न फिलिपिन्स उड्दै छन् ।
‘मिष्टर नेपाल २०१७’का थड रनर अप समेत रहेका चन्दलाई प्रतियोगितामा अवतार इन्टरनेशनलले पठाउन लागेको हो ।
बौद्धिकता र जिम्बेवारीको आधारमा समेत बिजेता छानिने प्रतियोगितामा चन्दले नेपाली कला संस्कृति सहित सहभागी जनाउन लागेको अवतार इन्टरनेशनलका सिइयो सन्दीप पोखरेलले बताए ।
नेपाली पहिरन र भेषभुषा समेत कार्यक्रममा आफूले प्रस्तुत गर्ने चन्दले बताए । प्रतियोगिताको अफिसियल कोरियोग्राफर रोजिन शाक्य रहेका छन् ।















प्रतिक्रिया