१० मंसिर २०८३, बिहिबार

नेपालटारमा नालीले बगाएर हेर्दाहेर्दै गयो बालिकाको ज्यान, काठमाडौँमा के-के भयो ?

2.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ असार । काठमाडौँमा मुसलधारे पानीसँगै आएको पानीले एक बालिकाको ज्यान लिएको छ । घटना हो, काठमाडौँको तार्केश्वर नगरपालिका वडा नम्बर ११ नेपालटारको ।

नेपालटारका राजन फुयालकी ११ वर्षीया छोरी विजिता स्कूलबाट घरमा फर्कने क्रममा नालामा खसेकी थिइन् । बाटोमा हिँड्दाहिँडदै बिजिता अचानक नालीमा डुब्न पुगेकी थिइन् । प्रत्यक्षदर्शीहरुले उनलाई उद्दार गर्न त खोजे तर खहरे खोलाझैँ बनेको नालीको भेलले एकछिनमै बिजितालाई महादेव खोलामा पुर्यायो । आफन्तले कोसिस गर्दागर्दै ढलले बगाएर सेरामी खोला, विष्णुमति हुँदै चौमती नदीमा पुर्यायो । चौमती नदीबाट प्रहरीले जीवित उद्दारै गरे पनि बिजिताको प्राण बचेन ।

उद्दार गरेपछि नजिकैको पिपुल्स मेडिकल कलेजमा भर्ना गरियो त गरियो, तर अस्पताल नसकेपछि शिक्षण अस्पताल, महाराजगञ्ज रिफर गरेको थियो । शिक्षण अस्पतालले शुक्रबार साँझ ६ बजेर ३८ मिनेटमा उनलाई मृत घोषण गर्यो ।

काठमाडौंको अस्तव्यस्त सडकले छोरीको ज्यान लिएपछि फुयाल परिवार यतिबेला पीडाले छटपटिएको छ । ११ बर्षीया बिजिता मनमैजुस्थित युरिका हाइस्कुलमा कक्षा ३ मा पढथिन् ।

शुक्रबारको मुसलधारे पानीले नेपालटारका ढल र नालाहरु एकाएक खोलामा परिणत भएका थिए ।

कहाँ के-के भयो ?

शुक्रबारै काठमाडौँको सामाखुसी चोकमा पनि एक बालिका सडकमा हिँड्दा हिँड्दै नालीमा डुबेकी थिइन् । स्कुल पोशाकमै नालीमा डुबेकी बालिका हुन्, सत्या सापकोटा । गुल्मी घर भएकी सापकोटा परिवारको साथमा सामाखुसीमा बस्दै आएकी छिन् । उनी बृहस्पति विद्या सदनमा कक्षा ९ कक्षामा पढ्छिन् ।

https://www.youtube.com/watch?v=0q893UYZnAA

शुक्रबार स्कूलबाट फर्कँदै गर्दा उनी सामाखुसी चोकमा ढलमा डुबेकी थिइन् । डुब्नासाथ चिच्याउँदा चिच्याउँदै बगेकी उनलाई केही तलबाट उद्दार गरिएको थियो । उनको भिडियो संयोगले सुशीला मगरले कैद गरेकी थिइन् । जुन केहीबेरमै सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

शुक्रबार नै टोखा नगरपालिकाको ग्रीनल्याण्ड चोकमा जमिन भासिएर भ्वाङ परेको ठाउँमा जमेको पानीमा स्कुटी पस्यो । धन्न चालकको ज्यान जोगियो । बटुवा र स्थानीय बासिन्दाको सहयोगमा खाल्डोबाट स्कुटर निकालिएको थियो ।