काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको आज (बिहीबार) बस्दैछ ।
समितिको ३६ औं बैठक आज बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्न लागेको हो ।
र्बैठकमा नागरिक लगानी कोषको कामकारबाही, लगानी र प्रतिफलको अवस्थाबारे छलफल हुनेछ ।
बैठकमा नागरिक लगानी कोषबाट हालसम्म सम्पादन भएका काम, कोष परिचालनको अवस्था, लगानी तथा प्रतिफल, भावी कार्ययोजना र संस्थाले भोगिरहेका समस्या एवं सुधारका क्षेत्रबारे प्रस्तुति र छलफल हुने कार्यसूची रहेको छ ।
बैठकमा अर्थमन्त्री, अर्थ मन्त्रालयका सचिव तथा नागरिक लगानी कोषका अध्यक्षलाई आमन्त्रण गरिएको समितिले जनाएको छ ।











प्रतिक्रिया