२१ कार्तिक २०८३, शनिबार

इ–रिक्साको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुरुङ्गा (झापा), ३१ असार । झापाको बिर्तामोड नगरपालिका–५ किरात चोक भित्री सडकखण्डमा आज भएको सवारी दुर्घटनामा परी एक किशोरको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भद्रपुर नगरपालिका–२ निवासी १८ वर्षीय प्रदीप चौधरी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको मे७प ६५७६ नंको मोटरसाइकललाई विपरीत दिशाबाट जाँदै गरेको इ–रिक्साले ठक्कर दिँदा मोटरसाइकलमा सवार चौधरी गम्भीर घाइते बनेका थिए ।

घाइते चौधरीको बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा संलग्न इ–रिक्सा र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस