२९ आश्विन २०८३, बिहिबार

नेपालसँग सिंगापुर १९० रनले पराजित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ९ कात्तिक ।  मलेसियामा जारी आइसिसी लिग डिभीजन तीन अन्तर्गत नेपालले तेस्रो खेलमा सिंगापुरलाई नेपालले १९० रनको फराकिलो अन्तरले पराजित गरेको छ ।

२१.४ ओभरमा सबै विकेट लिदैँ नेपालले जित हात पारेको हो ।  सिंगापुरलाई नेपालले २६४ रनको चुनौति दिएको थियो ।

नेपालका तर्फबाट अमृत भट्टराईले पहिलो विकेट लिएका थिए । त्यसपछि सोमपाल कामीले दोस्रो विकेट लिए भने भट्टराईने नै तेस्रो लिए ।

त्यसैगरी सोमपालले नेपाललाई चौथो सफलता दिलाए । नेपाललाई लगातार पाँचौ र छैठौं सफलता पनि सोमपालले नै दिलाए । त्यसपछि लगातार बसन्तले सातौ आठौँ र नवौँ विकेट लिएर बसन्तले नेपाललाई जितको नजिक पुर्‍याए ।

नेपालको तर्फबाट अन्तिम विकेट पनि बसन्तले नै लिएर नेपाललाई सहज जित दिलाए ।

बायुमास ओभल,सेलाङ्गोर मैदानमा आइतबार टस हारेर पहिला ब्याटिङ गरेको नेपालले  निर्धारित ५० ओभरको खेलमा ९ विकेट गुमाउँदै २६३ रन बनाएको थियो ।

नेपालका लागि उपकप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ११४ रन बनाएका थिए भने १२५ बल खेलेका मल्लले १३ चौका र १ छक्का प्रहार गरेका थिए।

यस्तै ओपनर नरेश बुढाऐर २९ रन बनाएका थिए ।  सागर पुनले २१ रन बनाका थिए  उनले १ छक्का र २ चौका प्रहार गरेका थिए। सरद भेषावकरले २५ रनको योगदान गरेका थिए ।