
काठमाडौँ, ३१ असार । काठमाडौंको व्यस्त सडक सामाखुसीमा हिँड्दाहिँडदै ढलमा डुबेर केहीबेर गायब भएकी बालिकाको परिचय खुलेको छ ।
स्कुलबाट फर्कँदै गर्दा सामाखुसी चोकमा ढलका लागि खनिएको खाडलमा पुरिएर बगेकी स्कुले बालिका हुन्, सत्या सापकोटा । गुल्मी घर भएकी सापकोटा परिवारको साथमा सामाखुसीमा बस्दै आएकी छिन् । उनी बृहस्पति विद्या सदनमा कक्षा ९ कक्षामा पढ्छिन् ।
शुक्रबार स्कूलबाट फर्कँदै गर्दा उनी सामाखुसी चोकमा ढलमा डुबेकी थिइन् । डुब्नासाथ चिच्याउँदा चिच्याउँदै बगेकी उनलाई केही तलबाट उद्दार गरिएको थियो । उनको भिडियो संयोगले सुशीला मगरले कैद गरेकी थिइन् । जुन केहीबेरमै सामाजिक सञ्जालमा भाइरल बन्यो ।
ढलमा डुबेर बगेपछि तनावमा रहेकी सत्या शनिबार तनावमुक्त हुन चन्द्रागिरी घुम्न पुगेकी थिइन् । ठूलो दुर्घटनामा परेर बाँचेकी सत्या कसरी डुबेकी थिइन्, हेर्नुस भिडियोः
https://www.youtube.com/watch?v=0q893UYZnAA











प्रतिक्रिया