ओखलढुंगा, ९ कात्तिक । ओखलढुंगाको अँधेरीस्थित नारायणस्थानमा आइतबार बिहान जीप दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै ज्यान गएको छ ।
बिरामी लिएर ओखलढुंगा सदरमुकाम जाँदै गरेको बा ७ च ५८७५ नम्बरको जीप दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ । २० जना यात्रु सवार उक्त जीप दुर्घटना हुँदा १० जना बढी घाइते भएका छन् ।
त्यसैगरी सोलुखुम्बुको काँकुमा चट्याङ लागेर १३ वर्षीया बालिकाको ज्यान गएको छ ।
शनिबार राति करिब ११ बजेतिर परेको चट्याङ लागेर काँकु–७ का १३ वर्षीया बालिका रमिला विश्वकर्माको घटनास्थलमै ज्यान गएको सोलुखुम्बु प्रहरीले जानकारी दिएको छ ।
उनीसँगै चट्याङ लागेर बेहोस भएका अन्य छ जनाको काँकु उपस्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।















प्रतिक्रिया