काठमाडौं, ३१ असार । नेपाल बैदेशिक रोजगार ब्यवसायी संघमा एमाले–माओवादी केन्द्र निकट ब्यवसायीहरूको तर्फबाट अध्यक्षमा उम्मेदवारी दिएका रोहन गुरुङ समूह बिजयी भएको छ ।
कांग्रेस निकट समूहका अध्यक्षका प्रत्याशी बिमल ढकाललाई गुरुङले भारी मतअन्तरले पराजित गरेका हुन् ।
शनिबार बिहान सार्वजनिक नतिजाअनुसार गुरुङले ४३४ मत पाए । उनका प्रतिद्वन्द्वी ढकालले ३४१ मत पाए । गुरुङले ढकालभन्द ९३ मत बढी ल्याएका छन् ।
बैदेशिक रोजगार ब्यवसायी संघमा एमाले र माओवादी केन्द्रबीच गठबन्धन थियो । कांग्रेस र मधेसी केन्द्रित दलहरू निकट व्यवसायीहरूबीच गठबन्धन भएको थियो ।
प्रगतिशील समूहबाट प्रथम उपाध्यक्षमा रामप्रसाद भन्तना, तृतीय उपाध्यक्षमा शुक्र पाख्रिन, महासचिव नरेश गेलाल, सचिव ईश्वर जिसी बिजयी भएका छन् ।
द्वितीय उपाध्यक्ष शुवर्ण श्रेष्ठ र कोषध्यक्ष रमिला ताम्रकार झिनो मतअन्तरबाट पराजित भएका छन् ।















प्रतिक्रिया