गुल्मी, ३१ असार । स्थानीय निर्वाचन सकिए लगत्तै नेपाली कांग्रेस गुल्मीले निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिएको छ ।
शुक्रवार साँझ पत्रकार सम्मेलन गरेर कांग्रेस गुल्मीले जिल्लामा सोँचे अनुरुपको परिणान नआएको जनाएको छ ।
पत्रकार सम्मेलनमा जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठले जिल्लामा सोचे अनुरुप परिणाम नआउनु र आफूले नै निर्वाचनमा पराजय भोग्नु परेकाले राजीनामा गरेको बताए । उनले चारैतिरबाट दवाव आएका कारण राजीनामा स्वीकृत नभएको बताए ।
श्रेष्ठले निर्वाचन र निर्वाचित जनप्रतिनिधीमाथि एमालेले पैसाको प्रलोभन देखाएको बताए । उनले मतदातादेखि आफ्ना निर्वाचित जनप्रतिनिधीलाई पैसाको प्रलोभन देखाएको आरोप लगाए ।
जिल्लामा रहेका आफ्ना महत्वपूर्ण स्थानीय तहमा सोचेभन्दा फरक परिणाम आएको श्रेष्ठले बताए ।












प्रतिक्रिया