३ कार्तिक २०८३, मंगलबार

मिस हेरिटेजमा डेढ दर्जन प्रतिस्पर्धी (फोटो फिचर)

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कला, संस्कृति एवं सम्पदाको संरक्षण एवं प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित मिस हेरिटेजको दोस्रो अडिसन काठमाडौंमा सम्पन्न भएको छ ।

प्राकृतिक, सांँस्कृतिक एवं ऐतिहासिक सम्पदाहरुको महत्वलाई सौन्दर्य प्रतियोगिताबाट सहभागी प्रतिस्पर्धीमार्फत प्रभावकारीरुपमा समाजमा प्रस्तुत गर्न युथ क्रिएशन नेपालले असार १० बाट मिस हेरिटेज क्वीन– २०१७ सुरु गरेको हो ।

बिहीबार दरबारमार्गस्थित होटेल जुजुब लञ्ज पप लाइभ म्युजिकमा भएको दोस्रो अडिसनमा आइपुग्दा काठमाडौं लागयतका विभिन्न जिल्लाबाट १८ जना मिस हेरिटेज क्वीनमा भाग लिइसकेको छ । अणु महर्जन, सिम्रन पण्डित, पेमा तामाङ, रूपा लामा, चाँदनी तामाङ लगायत १८ जनाले मिस हेरिटेज ताजका लागि प्रतिस्पर्धी हुन् ।

मिस हेरिटेज क्वीन– २०१७ मा सहभागीमध्ये विजेतालाई क्राउन, क्यास र ह्याम्पर पुरस्कार दिइनेछ । त्यस्तै, फस्ट रनरअप र सेकेण्ड रनरअपलाई पनि क्राउन, क्यास र ह्याम्पर दिइनेछ । यसका साथै विभिन्न विधाका टाइटलहरु पनि उपलब्ध गराइनेछ ।

अडिसनमा तारकेश्वर कला प्रतिष्ठानका अध्यक्ष तथा बरिष्ठ अभिनेता उत्तम केसी, संस्थाका सल्लाहकारहरु दामोदर लामा, फुर्साङ लामा, नृत्य प्रशिक्षक बुद्ध लामा, बज्रयोगिनी डान्स सेन्टरका प्रमुख मेनका लामा, भिसा एजुकेसन कन्सल्टेन्सीका प्रमुख एवं सल्लाहकार पशुपति केसी, रक गायिका सरस्वती लामा, मिडिया संयोजक अर्जुन तामाङ, फोटोग्राफि सुदिप पोखरेल रहेका थिए ।

सहभागी प्रतिस्पर्धीहरुलाई तालिमको अवधिमा विविध व्यक्तित्वबाट प्रशिक्षण दिने कार्यक्रम सहसंयोजक एञ्जिला वाइबाले बताइन् ।

कार्यक्रमलार्इ मिडिया सहयोगीहरू सैलुङअनलाइन डट कम, काष्ठमण्डप टिभी, साप्तहिक पत्रिका, तामाङ भ्वाइस, इभेन्स संसार रहेका छन् भने सह प्रायोजक अस्मिता ब्युटी पार्लर एण्ड कस्मेटिक रहेका छन् ।

सहयोगीतर्फ श्री एफबी निर्माण सप्लायर, गुडविल अमृत निर्माण, तारकेश्वर कलाकेन्द्र, भिसा भ्याली इन्टरनेशनल, जियोनी मोवाइल, मामाभान्जा गार्डेन रेष्टु, लोटस पोलिक्लिनिक, ग्रेस इन्टरनेशनल आदि रहेका छन् ।