१० मंसिर २०८३, बिहिबार

हत्याका आरोपीहरु पक्राउ नपर्दा पीडित परिवार असुरक्षित, माथिको आदेश भन्दै प्रहरी पन्छियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मृतकका पिता राजकुमार साह

– सन्तोष यादब

सिरहा, ३० असार । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका वडा नम्बर ३ मा २१ दिन अगाडी भएको एक बालकको हत्यामा संलग्न व्यक्तिहरुलाई प्रहरीले अझै पक्राउ गर्न सकेका छैन् । घटनामा संलग्नहरु पक्राउ नपर्दा पीडित परिवार असुरक्षित बनेका छन् ।

लक्ष्मीपुर पतारी गाउँपालिका ४ का भोगेन्द्र साहसहितका १३/१४ जना यूवाको समूहले सोही गाउँपकालिका ३ का अन्दाजी १६ बर्षिय सोनु साहलाई निर्घात कुटपिट गरी हत्या गरेका थिए । घटनामा संलग्न व्यक्तिहरु पक्राउ नपर्दा उनीहरुले पटक पटक आफूलाई पनि ज्यान मार्ने धम्की दिदैं आएको पीडितका बुवा राजकुमार साहले गुनासो गरेका छन् ।

उनले अपराधीहरुले दिदैं आएको धम्कीका कारण गाउँ नै छाडेर अन्यन्त्र जाने अवस्थामा पुगेको बताए । उनले भने– ‘मेरो छोराको हत्या गर्नेहरु गाउँमा खुलेयाम घुम्छन् । तर प्रहरीले पक्राउ गरिरहेका छैन् । जसका कारण हामी असुरक्षित भएका छौं ।’ अपराधिलाई पक्राउ गर्न भनेपछि प्रहरीले माथिको आदेश नआएकोले अहिले पक्राउ नगर्ने भनेर बताइरहेको उनले थपे ।

यता, ईलाका प्रहरी कार्यालय लहानका प्रमुख तथा डिएसपी हिराबहादुर पाण्डेले घटनामा संलग्न व्यक्तिहरु परिवारसहित गाउँ छाडेकोले पक्राउ पर्न नसकेको बताए । उनले अपराधीहरुलाई पक्राउ गर्न प्रहरी कार्यालय पतारीका इन्सपेक्टरको नेतृत्वमा पाँच सदस्य टोली गठन गरेर परिचालन गरिएको बताए । उनले थपे– प्रहरी खोजी रहेका छन् । अपराधीहरु छिट्टै पक्राउ पर्छन् ।

यसरी घटेका थिए घटना

असार ९ गते राति अन्दाजी १० बजिरहेको थियो । गाउँका मानिसहरु स्थानीय धमियाइन डिहबार थानमा पूजापाठ गरेर घर फर्के । लक्ष्मीपुर पतारी गाउँपालिका ३ का अन्दाजी १६ बर्षिय सोनु साह पनि त्यहाँ भाकल परेवा चढाएर घर फर्केका थिए । घर फर्केको केहिबेरमै उनको मोवाइलमा ९८१४७६९६१२ नम्बरबाट फोन आयो । उनले फोन रिसिभ गरेपछि उत्ताबाट म भोगेन्द्र बोल्दैछु, तपाईसँग काम छ, डिहबार थान आउनुस् न भनेर भन्यो । भोगेन्द्र स्थानीय भएर चिनजान भएकोले केहि नसोचेर सोनु आफ्ना मित बाबुका छोरा उमेश कुमार ठाकुरसँगै लिएर डिहबार थान पुगे । त्यहाँ पुग्ने वित्तिकै भोगेन्द्रको साथमा रहेका करिब १३/१४ जना केटाहरु घेरा होल्छन् र गाली गलौज गर्दै कुटपिट गर्न थाले । कुटाकुट हुन थालेपछि उमेश भाग्न सफल भए । तर सोनुलाई चारैतिरबाट घेरा हालेका कारण भाग्न सकेन । एकछिनमै उनलाई मरनासन्न हुनेगरी निर्घात कुटपिट गरी चउरमा फालेर उनीहरु भागेका थिए । सोनु रोएकराएपछि गाउँका मानिसहरु त्यहाँ पुगेर उनलाई तत्कालै उद्धार गरी उपचारका लागि राति नै लहान ल्याइयो । तर उपचार सम्भव भएन । लहान अस्पतालले धरान रेफर गरियो । त्यहाँ पनि उपचार नभएपछि थप उपचारका लागि काठमाडौं लग्दै गर्दा बाटोमै उनको मृत्यू भएको थियो ।