५ कार्तिक २०८३, बिहिबार

प्रचण्ड हिन्दी फिल्ममा मस्त

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prachanda

काठमाडौं, ८ कात्तिक । युद्धकालमा हिन्दी फिल्म प्रदर्शनमा रोक लगाएको तत्कालिन विद्रोही माओवादीका अध्यक्ष पुष्पकमल दाहाल अहिले भने हिन्दी फिल्म हेर्न आफै हलमा पुग्न थालेका छन् ।

राजनीतिक दौडधुपमा व्यस्त रहने प्रचण्ड शुक्रबार परिवारसहित बलिउडका बादशाह साहरुख खानको नयाँ चलचित्र ह्याप्पी न्यू ईयर हेर्न हलमा पुगेका हुन् ।

काठमाण्डौको बीग सिनेमामा दिउँसो १ बजे आफ्ना सुरक्षा बलसहित पुगेका प्रचण्डका साथमा पत्नी सीता र छोरा प्रकाश पनि थिए ।

फराहा खान निर्देशित यो फिल्म शुक्रबारबाटै काठमाडौंमा प्रदर्शनमा आएको थियो । जसको पहिलो शो हेर्न प्रचण्ड पनि पुगेका हुन् ।

शुक्रबारबाट नेपाली हलहरुमा नेपाली फिल्म  ‘लज्जा र स्टूपिड मन’ लागेको थियो । तर, प्रचण्डलाई भने हिन्दी फिल्मले नै मन जित्यो ।