३ कार्तिक २०८३, मंगलबार

दुई वर्षपछि बिपाशाले साइन गरिन् फिल्म

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । दुई वर्षसम्म फिल्मी दुनियाँबाट अलग्गिएकी बलिउड अभिनेत्री बिपाशा बसु चाँडै नै ठूलो पर्दामा फिर्ता हुँदैछिन् । स्रोतका अनुसार बिपाशाले क्रियाज इन्टरटेन्मेन्टको नयाँ प्रोजेक्टलाई साइन गरेकी छिन् ।

फिल्मबारे अहिले केही जानकारी सार्वजनिक भएको छैन । बिपाशाले विवाहपछि पहिलो फिल्म साइन गरेको कुरा पक्का भएको भारतीय सञ्चारमाध्यमहरूले बताएका छन् ।

अप्रिल २० तारिखमा बिपाशा र करण सिंह ग्रोवरले आफ्नो विवाहको पहिलो वर्षगाँठ मनाए । करण र बिपाशाको भेट फिल्म अलोनको सेटमा भएको थियो । केही समय एक अर्कालाई डेट गरेपछि दुबैले विवाह गरेका थिए । – एजेन्सी