१ कार्तिक २०८३, आइतबार

एमाले युवा नेता भट्टराई कतारमा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– दिलकुमार श्रेष्ठ

दोहा । नेकपा (एमाले) का केन्द्रिय सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराई आज बिहानको फ्लाइटबाट कतारको दोहामा आइपुगेका छन् ।

नेता भट्टराई प्रवासी नेपाली मञ्च बेलायतको अधिवेशन सकेर जुलाई ११ तारिख बिहान कतार आई पुगेका हुन् । उनको कतारमा ३ दिनको बसाई रहने प्रवासी मंच कतारका अध्यक्ष चानक पोखरेलले जानकारी दिए ।

मञ्चले १३ जुलाईका दिन आफु निकटका सम्पूर्ण विभागहरुलाई सुचित गर्दै भेटघाट कार्यक्रम समेत राखेको छ । सो भेटघाट कार्यक्रम दोहास्थित ढाका रेस्टुरेन्टको सभाहलमा बेलुका ७ बजे देखि सुरु हुने भएको छ ।

भ्रमणका क्रममा नेता भट्टराईले कतारमा कार्यरत नेपालीहरुको बारेमा जानकारी लिने कार्यक्रम छ । सोहि कार्यक्रममा नेता भट्टराईले आफ्नो कतार वसाईलाई उपलव्धी मुलक बनाउदै संगठित सदस्यहरुलाई प्रशिक्षण समेत दिने छन् ।

यसै अबसरको सदुपयोग गर्नका लागी मञ्चका पदाधिकारी, सचिवालय सदस्य, राष्ट्रिय कमिटी सदस्य, निवर्तमान कमिटीका पदाधिकारी र सदस्यहरु, निवर्तमान सल्लाहकार परिषदका पदाधिकारी र सदस्यहरु, ईलाका कमिटीका पदाधिकारी तथा सदस्यहरु, संगठित सदस्य तथा मञ्चसंग अबद्दा सम्पूर्ण सदस्यहरुलाई समयमा उपस्थित हुनको लागि मञ्चले अनुरोध गरेको छ ।