१ कार्तिक २०८३, आइतबार

काम नगर्ने संस्थामाथि सिद्धार्थनगरका मेयर अधिकारीले लिए एक्सन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– नरेश केसी

भैरहवा, २६ असार । जनतालाई प्रत्यक्ष फाइदा हुनेगरी काम नगर्ने, कोठे गफ र छलफल मात्रै गर्ने संस्थालाइ तत्काल कानुन अनुसार कारबाहि गर्ने सिद्धार्थ नगरपालिकाका मेयर हरि प्रसाद अधिकारीले जनाएका छन् ।

भैरहवाका नागरिक अगुवाहरुको संस्था विएमजी ग्रुपद्धारा भैरहवामा नवनिर्वाचित मेयर उपमेयरलाई स्वागत गर्न राखिएको कार्यक्रममा मेयर अधिकारीले भने “साइनबोर्ड मात्रै झुण्डाएर बस्ने काम नगर्ने संस्थालाई तत्काल कारबाहि हुन्छ । त्यस्ता संस्थाको बोर्ड नगरपालिकाले हटाउछ ।”

अधिकारीले एउटा संस्थाले एक मात्र गरेमा मात्र पनि नगर समुन्नत हुने भन्दै नागरिक अगुवाहरुको संस्था विमएजीले सिद्धार्थनगरलाइ हरियाली शहर बनाउनेगरी योजनासहित काम गर्न आग्रह गरे ।

सो अवसरमा उपमेयर उमा काफ्लेले ५ वर्षमा योजनाबद्ध र बैज्ञानिक ढंगले योजना तर्जुमा गरी काम गरिने बताइन् ।

संस्थाका कार्यवाहक अध्यक्ष बाबुराम केसीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा निवर्तमान सचिव राजेन्द्र श्रेष्ठको स्वागत तथा राजु नारायण श्रेष्ठको सन्चालनमा सम्पन्न उक्त कार्यक्रममा संस्थापक अध्यक्ष विजय सागर, प्राज्ञ बुंद राना लगायतले मन्तब्य राख्दै समग्र नगरको विकासकोलागी दृढतापुर्वक काम गर्न आग्रह गरेका थिए ।

यसैबीच मेयर अधिकारीले उद्योगी व्यवसायीहरुको समस्या स्थानिय तहबाट हुन सक्ने जत्तिमा सहजीकरण गर्ने बताएका छन् । सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष राम कुमार शर्माको सभापतित्वमा सम्पन्न स्वागत कार्यक्रममा उनले यस्तो बताएका हुन् । व्यापारीक पृष्ठभुमिका मेयर अधिकारीले भैरहवालाई औद्योगिक व्यापारीक शहर बनाउने काममा नगरपालिकाको तर्फबाट खुल्ला सहयोग गर्ने जनाए ।