२१ कार्तिक २०८३, शनिबार

डुबानको कारण सिद्धार्थनगरमा हाइअलर्ट, मेयरसहित जनप्रतिनिधि अवलोकनमा

12.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

– नरेश केसी

भैरहवा, २६ असार । विगत २४ घन्टादेखी परेको अविरल बर्षाको कारण सिद्धार्थनगरका अधिकांश ठाऊ जलमग्न भएका छन् ।

नगरको धेरै ठाउँ डुबानग्रस्त भएपछि सिनपाका मेयर हरिप्रसाद अधिकारी, उपमेयर उमा काफ्लेसहितको समुह भ्याकु र स्काभेटर लिएर नगरको डुबानग्रस्त क्षेत्रको अवलोकनमा पुगेका छन् । अबिरल वर्षातले जनजिवन प्रभावित भएपछि हरेक वाडका वडा अध्यक्ष एवं सदस्यहरु सहित नगरपालिकाका कर्मचारहीहरु पनि सोमबार विहानैदेखी डुबानग्रस्त क्षेत्रमा खटिएको उपमेयर उमा काफ्ले जनाइन् ।

तत्काल डुबान निकासकोलागी थुनिएका ठाउहरु खोल्नेगरी भ्याकु र स्काभेटर मार्फत काम गरिरहेको काफ्लेले जनाइन् । उनले भनिन “हामी विहानैदेखी दौडधुप गरिरहेका छौं । तर पनि कतिपय ठाउ अझै जलमग्न छन् । म मिडिया मार्फत भन्न चाहन्छु की कुनै पनि टोल छिमेकमा धेरै डुबान छ भने तत्काल आफ्नो वार्डको वडा अध्यक्ष तथा सदस्यहरुलाई भन्नुहोस् । उहांहरुले तत्काल राहत दिनेगरी डुबान खोल्न सहयोग गर्नुहुनेछ ।”

नगरमा यतिबेला हाइअलर्ट जारी भएको छ । जसका कारण सबै कर्मचारी तथा जनप्रतिनिधीहरु आवश्यक्ता अनुसार हिड्नेगरी तयारी अवस्थामा बसेका छन् । सिद्धार्थनगरमा ढल निकास नहुदां वर्षेनी जनताले यस्तो सास्ती खेप्दै आएका छन् ।

मेयर अधिकारीले जनतालाई तत्काल राहत दिनेगरी काममा खटिन निर्देशन समेत दिएका छन् ।