काठमाडौं, २६ असार । सरकारले सप्तरीका बाढी पीडित परिवारलाई जनही २५ हजार रुपैया दिने निर्णय गरेको छ । र, घर निर्माणका लागि १५ लाखसम्म सहुलियत ऋण समेत दिने भएको छ ।
सोमबार विहान प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले टहरा निर्माणका लागि १५ हजार र १० हजार जस्तापाता खरिद गर्न राहतस्वरुप २५ हजार दिने निर्णय गरेको उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले जानकारी दिए ।
‘प्रधानमन्त्री देउवाले सप्तरी पुगेर बाढीबाट पीडित तराईबासीसँग गरेको कमिटमेन्ट अनुसार २५ हजार राहत दिने निर्णय भएको छ,’ उनले भने– ‘पीडित परिवारलाई घर निर्माणका लागि १५ लाख रुपैयाँसम्म सहुलियत ऋण दिने निर्णय पनि भएको छ ।’
उनका अनुसार आजको बैठकले सरकारले प्रतिनिधि सभा सदस्य निर्वाचनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक व्यवस्थापिका संसदमा पेस गर्ने निर्णय गरेको छ ।












प्रतिक्रिया