१ कार्तिक २०८३, आइतबार

मलेसियामा दाङ लखुवारका डिल्ली भण्डारी बेपत्ता

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मलेसिया, २६ असार । दुई वर्ष अगाडि रोजगारीका लागि मलेसिया आएका दाङ जिल्ला घोराही उपमहानगरपालिका निवासी २५ वर्षीय डिल्ली भण्डारी वेपत्ता भएका छन् ।

घोराही उपमहानगरपालिका वडा नं. ६ लखुवार भण्डारी विगत दुई हप्तादेखि मलेसियामा बेपत्ता भएका हुन् । उनी कसैको सम्पर्कमा आएका छैनन् ।

काठमाडौंस्थित इन्टरनेशनल रिक्रुमेन्ट नामक म्यानपावर कम्पनीबाट दुई वर्ष अगाडि मलेसियाको मलक्कामा रोजगारीका लागि आएका भण्डारी दुई हप्तादेखि सम्पर्कमा नआएको साथीहरूले बताएका छन् ।

कोठाबाट ‘घरमा पैसा पठाउनु छ’ भनेर पैसा बोकेर बैंकतिर एक्लै निस्किएका भण्डारी सम्पम्पर्कमा नआएका हुन् । उनको मोबाइल फोन पनि बन्द छ । लखुवार गाउँमा भण्डारीकी पत्नी र एक छोर बस्दै आएका छन् ।