
युएई । गत शुक्रबार ‘हाम्रो गौरव हाम्रो सान बिर्घा स्याङ्जा हाम्रो पहिचान’ भन्ने मूल नाराका साथ बिर्घा स्याङ्जा समाज युएईको अधिवेशन सम्पन्न भएको छ ।
स्याङजाको बिर्घाबाट रोजगारीको सिलसिलामा युएईमा रहेका युवाहरू मिलेर २०७० मा स्थापना भएको समाजले तेस्रो अधिबेसन बर दुबईमा सम्पन्न गरेको हो ।
कृष्ण पाण्डेको सभापतित्वमा समपन्न भेलाको प्रमुख अतिथि स्याङ्गजा सहयोग समाजका बरिष्ठ उपाध्यक्ष प्रेम भण्डारी रहेका थिए ।
विभिन्न संघ संस्थाबाट अतिथिहरूको उपस्थिति रहेको कार्यक्रमको संचालन सन्तोषकुमार पाण्डेले गरेका थिए ।
समाजका सचिब कुमार रानाले आम्दानी खर्च विवरण प्रस्तुत गरेका छन् । समाजले स्थापनादेखि नै अक्षयकोष, मृगौला पीडित, ब्लड क्यान्सर पीडित, सामाजिक, शैक्षिक तथा धार्मिक क्षेत्रमा सहयोग गर्दै आइरहेको छ ।
भेलाले खुमानन्द पाण्डेको अध्यक्षतामा सल्लाहकार सहित २३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्ष मनरुपा पाण्डेय, याम बहादुर परियार, लक्ष्मण थापा रहेका छन् । सचिवमा कुमार राना, सहसचिवमा नीरबहादुर बिक, कोषाध्यक्षमा टानबहादुर थापा, सहकोषाध्यक्षमा इन्द्रप्रसाद पाण्डेय चयन भएका छन् ।
सदस्यहरुमा जीवन पाण्डेय, सन्तोष कुमार पाण्डेय, सन्तराम परियार, तुलबहादुर घर्ती, लक्ष्मी पाण्डेय, हुमनाथ पाण्डेय, विष्णुप्रसाद पाण्डेय, हरिलाल पाण्डेय रहेका छन् ।
प्रवक्ताको जिम्मेवारी छबिलाल पाण्डेयले पाएका छन् । सल्लाहकारमा मित्रलाल पाण्डेय, कृष्णकुमार पाण्डेय, रामप्रसाद पाण्डेय, मित्रलाल पाण्डेय, डोलराज पाण्डेय रहेका छन ।















प्रतिक्रिया