१ कार्तिक २०८३, आइतबार

एनआरएन अमेरिकाको सदस्यमा सञ्जय थापा

2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्यूयोर्क । एनआरएन अमेरिकाको सदस्यमा न्यूयोर्कका सामाजिक अभियन्ता सञ्जय थापाले उम्मेदवारी दर्ता गरेका छन् ।

प्रवासी नेपाली मञ्च अमेरिकाका संस्थापक अध्यक्ष समेत थापाले एनआरएनको आगामी कार्यकालका लागि कार्य समिति सदस्य पदमा उम्मेदवारी दर्ता गरेका हुन् । उनले गौरी जोशीको प्यानललाई समर्थन गरेका छन् ।

२०५४ सालको आमचुनावमा जिल्ला विकास समिति काठमाडौँको निर्वाचित सदस्यका रुपमा समेत काम गरेका थापा सन् २००७ देखि अमेरिकामा छन् । १० बर्षदेखि उनी अमेरिकामा रहेर सामाजिक सेवामा तत्कालिन छन् । खासगरि, भूकम्पपछि टीपीएसमा उनले खेलेको भूमिकालाई महत्वपूर्ण रुपमा हेर्ने गरिएको छ । वैचारिक रुपमा प्रवासी नेपाली मञ्चको संस्थापक भए पनि थापालाई सबै विचार र पक्षको भावना बोक्ने अभिभावकको रुपमा लिने गरिएको छ । त्यसैले पनि थापालाई बलियो उम्मेदवारको रुपमा हेरिएको छ ।

पदाधिकारीमै उम्मेदवारी दिन शुभेच्छुकहरुले दबाब दिए पनि उनले यसपटक कार्यसमिति सदस्यका रुपमा एनआरएनमा प्रवेश गर्ने चाहना राखेका छन् ।

चुनावी दौरानमा अहिलेसम्म नेपाली समुदायबाट पाएको प्रतिक्रियाका हिसाबले आफू विजयी हुनेमा ढुक्क रहेको उनले दैनिक नेपाललाई बताए ।