२१ कार्तिक २०८३, शनिबार

नेपालगञ्जको विकासका लागि कम्मर कसेरै लागे धवल शमशेर, बनाए १२ उपसमिति

5.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– आकाश देबकोटा

बाँके, २५ असार । नेपालगञ्ज उपमहानगरपालिकाको बोर्ड बैठकले विभिन्न १२ वटा उपसमिति गठन गरेको छ । उपमहानगरपालिकाका नगर प्रमुख डा धवल शमशेर राणाको अध्यक्षतामा आज बसेको वैठकले नगरको समग्र विकास सम्भाव्यता अध्यन र सहजताका लागि उप समित गठन गरेको हो ।

गठित उपसमितिले सम्वन्धित विषयको समग्र अवस्था, सम्भाव्यता, चुनौती लगायत आवश्यक नीति, योजना, कार्यक्रम तथा बजेट समेतको खाकासहितको रिपोर्ट १५ दिन भित्र उपमहानगरपालिकामा पेश गर्ने छ । वडाको सन्तुलित विकास र सुशासन प्रवर्द्धन गर्न र ग्रावेल वितरणलाई व्यस्थित गर्न नगर उपप्रमुख उमा थापाको संयोजकत्वमा ५ वडाका अध्यक्ष रहने गरि वडा सञ्चालन समिति पनि गठन गरिएको छ ।

समितिमा वडा न ४ का अध्यक्ष सफक वेहना, वडा न ६ का अध्यक्ष समिर प्रतापसिंह, वडा न १२ का अध्यक्ष वुद्धि सागर सुवेदी, वडा न १७ का अध्यक्ष अजय कुमार पाठक, वडा न २३ का मोहम्मद हुसेन शेष, वडा १८ का दिपक कुमार बर्मा सदस्य रहनु भएको छ ।

यस्तै, रानी तलाउ र वाटरपार्कमा डिप वोरिङ गर्नका लागि नेपाल खानेपानी संस्थानलाई जग्गा उपलव्ध गराउने र आयोजना कार्यान्वयन गर्न अनुमती प्रदान गर्ने पनि निर्णय गरिएको छ । वैठकले नगरमा चार वटा मोवाईल शौचालय सञ्चालन गर्ने पनि निर्णय गरेको छ । सर्वसाधारणको सुविधाका लागि एशियाली विकास बैंकको नेपालगञ्जस्थित एकिकृत शहरी विकास आयोजनामार्फत खरिद गर्न निर्देशन दिने र नियामानुसार लाग्ने २० प्रतिशत वजेट नगरपालिका कोषबाट व्यहोर्ने निर्णय भएको उपमहानगरपालिका कार्यकारी अधिकृत भिमबहादुर कुवरले जानकारी दिनु भयो ।

यस्तै, वडा न २ का अध्यक्ष सुनिल सिंह हमाललाई विद्युत परिचालन तथा जिन्सी, वडा न १५ का वल्लन कवडिया र वडान २१ का रंजित खाँलाई बारुण यन्त्र सञ्चालन, वडान ८ का सुरेन्द्र गुप्ता र वडान २ का सुनिल सिंह हमाललाई अर्थ तथम लेखा, वडान १० का विन्दु भुषण वस्नेतलाई वातावरण संरक्षण, वडा न १३ का अध्यक्ष विरेन्द्र वहादुर शाह, वडा न १ का प्रमोद रिजाल कानून तथा न्याय, वडान २० का कृष्ण कार्की, वडान १ का प्रमोद रिजाल, वडा न ७ का जुम्मन खाँ सामाजिक विकास, वडा न १० का विन्दु भुषण वस्नेत, वडा १ का प्रमोद रिजाल, वडा न १३ का विरेन्द्र शाह, वडा न ३ का मो अयूव सिद्धीकी सरसफाई, वडा न १८ का दिपक कुमार वर्मा, राजश्व, वडा न ९ का विष्णु वहादुर लामा, वडा न १९ का परसुराम कुर्मी, वडा न १७ का अजय कुमार पाठक निरिक्षण शाखा, वडा न ११ उज्वल सिंह राठौर नापी तथा भूमि व्यवस्था, वडान २२ का विद्याराम वर्मा, वडान ५ का कैफुल वरा जोलाहा, वडा न १६ का हनिफ जोला योजना तथा प्राविधिक र वडान १४ का अध्यक्ष ओमकार नाथ मिश्र जनस्वास्थ्य उपसमितिको जिम्मेवारीमा रहनु भएको छ ।