२९ आश्विन २०८३, बिहिबार

क्यानडाको संसद भवन अगाडि भएको गोली हानाहानको सीसीटिभी फुटेज सार्वजनिक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

photo_115काठमाडौं, कार्तिक ७ । संसद भवनमा प्रधानमन्त्री स्टेफेन हार्परले सांसदहरुलाई सम्बोधन गरिरहेकै बेला क्यानडाको संसद भवन अगाडि भएको गोली हानाहानको सीसीटिभी फुटेज सार्वजनिक गरिएको छ ।

क्यानेडिएन प्रहरीले जारी गरेको फुटेजमा हत्यारा माइकल जिहाफ बेब्युले संसद भवनको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई गोली हानी संसद भवनभित्र प्रवेश गरेको देखिन्छ भने संसद भवन परिसरमा सुरक्षाकर्मी र बन्दुकधारीबीच गोली हानाहान हुँदा बेब्यु पनि मारिएको देखिन्छ ।

हालै धर्म परिवर्तन गरी मुस्लिम बनेका बेब्यु क्यानेडेली नागरिक हुन् । उनीसँग क्यानडा र लिबियाको दोहोरो नागरिकता रहेको छ ।

यद्यपि, उनी क्यानडाले हालै जारी गरेको आतंकवादीको सूचीमा भने नरहेको क्यानाडेली सरकारले जनाएको छ । (एजेन्सी)