मुम्बई । बंगाली फिल्मकी पपुलर अभिनेत्री सुुमिता सन्यालको ७१ वर्षको उमेरमा निधन भएको छ ।
सुमिताले बंगालीका अलावा थुप्रै हिन्दी फिल्ममा पनि काम गरेकी थिइन् । सुमिता आर्शिवाद (१९६८), आनन्द (१९७१), गुड्डी (१९७१), मेरे अपने (१९७१) र द पीकाँक स्प्रिंग (१९९६) मा देखिएकी थिइन् ।
दार्जिलिंगमा जन्मिएकी सुमिताको असली नाम मञ्जुला सान्याल थियो । निर्देशन भिुति लाहाले उनको नाम बदलेर सुमिता राखेका थिए । सुमिताले बंगाली भाषामा करिब ४० भन्दा बढी फिल्ममा काम गरेकी छन् ।
सन् १९७० निर्माण भएको फिल्म सगीना महतोमा सुमिता दिलीप कुमारसँग पनि देखिएकी थिइन् । फिल्म आनन्द र गुड्डीमा उनले अमिताभ बच्चनसँग काम गरेको देखिएको थियो । फिल्मका अलावा सुमिताले कैयौ टिभी सिरियलमा र स्टेज परफर्मेन्स पनि दिएकी थिइन् ।
















प्रतिक्रिया