२१ कार्तिक २०८३, शनिबार

जाजरकोटमा ६४ बषीय बृद्धद्धारा ६ बर्षीय बालिका बलात्कृत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– रामचन्द्र घर्ती

जाजरकोट, २५ असार । जाजरकोटमा ६४ बर्षका एक बृद्धले ६ बर्षीय बालिकालाई बलात्कार गरेका छन् । भेरी नगरपालिका वडा नम्बर २ पोखराका ६४ बर्षका केशरे दमाइले सोही गाउँकै ६ बर्षकी बालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ ।

शुक्रबारका दिन ती बृद्धले बालिकालई ललाई– फकाई नजिकैको जंगलमा लिएर बलात्कार गरेको बालिकाका आफन्त नवराज बिकले जानकारी दिनुभयो । बालिका बलत्कार गर्ने ६४ बर्षीय दमाइलाई शनिवार प्रहरीले नियन्त्रणमा लिएको छ । बलात्कृत बालिकाको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बलात्कार गर्ने बृद्धलाई पक्राउ गरी घटनाको थप अनुसन्धान भइरहेको जाजरकोटका प्रहरी प्रमुख डीएसपी भावेश रिमालले जानकारी दिनुभयो ।