२१ कार्तिक २०८३, शनिबार

विर्तामोडका मेयरबाट सपथ नखादै कारवाही सुरु, जनता आशावादी

38.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– राजकुमार ओली

विर्तामोड, २४ असार । विर्तामोडका मेयर ध्रुव सिवाकोटीले शपथ नखाइकनै काम थालेका छन् । आज विहान विर्तामोड ४ मा पैनी मिचेर बनाउदै गरेको घरलाई रोक्का गर्न र अर्काे निर्देशन नआएसम्म नबनाउने निर्देशन दिएका हुन् ।

विर्तामोड ४ मा बग्ने सतानु पैनीलाई साँघुराएर बाढी बस्तीमा पसाएको स्थानीय गाँउलेहरुले उजुरी गरेपछि मेयर सिवाकोटीले स्थलगत अनुगमन गर्दै नगरपालिकाका प्रशासकीय प्रमुख मेघराज बास्कोटालाई अर्काे निर्देशन नआएसम्म घर रोक्का गरी कारवाही गर्न निर्देशन दिएका हुन् ।

विर्तामोडका चन्द्र अधिकारीले सतानु पैनीलाई मिचेर घर बनाएको स्थानीयको आरोप छ । मेयर सिवाकोटीले विर्तामोडमा अधिकाँश सरकारी जमिनहरु भुमाफियाले आफ्नो नाममा राखेकोले २१ सालको नापी नक्सा बमोजिम कुनै पनि सरकारी जमिन व्याक्तिलाई खान नदिने नीति पास गर्दै अगाडी बढ्ने प्रतिबद्धता समेत जनाउनुभयो ।

आज आएको बाढीले पुराएको क्षतिको मेयर सिवाकोटी र विर्तामोड ५ का बडाअध्यक्ष राजेन्द्र लिड्देनले अनुगमन गर्नुभएको छ । भोलि आइतवार विर्तामोेड नगर पालिकामा शपथग्रहण कार्यक्रम तय गरिएको छ ।