१ कार्तिक २०८३, आइतबार

एनआरएन अमेरिकाको उपाध्यक्षमा उमा कार्की थापाको उम्मेदवारी दर्ता

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका । गैरआवासीय नेपाली संघ अमेरिकाको उपाध्यक्षमा उमा कार्की थापाले उम्मेदवारी दर्ता गराएकी छिन् ।

संघको आगामी कार्यकालका लागि उनले उम्मेदवारी दर्ता गराएकी हुन् । प्रवासी नेपाली समुदायको आवश्यकता, चाहना र अपेक्षालाइ जिम्मेवारीपूर्ण सम्बोधनका लागि गम्भिरतापूर्बक आफूलाई उभ्याउने जमर्को गरेको छु। हामीले यस डायस्पोरामा हाम्रो समुदायका लागि गर्नुपर्ने थुप्रै कामहरु छन्​, त्यसका निम्ति मेरो सामाजिक क्षेत्रमा हालसम्मको योगदान र उपस्थिति एनआरएन अमेरिकाको सस्थागत बिकास एवम् प्रवास र जन्मभूमिका निम्ति सहयोगी हुने बिश्वास लिएको छु। उम्मेदवारी दर्तापछि उमाले भनेकी छिन् ।

निकै छोटो समयमा सफल व्यवसायी बन्न सफल कार्की अमेरिकाको लस एन्जलसकी नेपाली अगुवा हुन् । अमेरिकामा प्रवेशसँगै उनले नेपाली समुदायका लागि अग्रसर हुँदै काम गर्दै आएकी छिन् । समुदायमा पुर्याएको योगदान र नेतृत्वदायी क्षमताका कारण पनि आफू निर्वाचित हुनेमा उनी ढुक्क देखिएकी छिन् ।