
काठमाडौं, २४ असार । संघीय समाजवादी फोरम नेपालले बाँके जिल्लामा अन्तरघात गर्ने नेता तथा कार्यकर्ताहरूलाई कारबाही गरेको छ ।
पार्टी विधानको धारा ९ (४) र ४९ (१) बमोजिम पाँचजना जिल्ला नेताहरूलाई निष्काशन गरेको हो ।
संघीय फोरमद्वारा शनिबार जारी प्रेस विज्ञप्ति अनुसार जगदीशबहादुर सिंह, कामतप्रसाद खटिक, कौशलकुमार मिश्र, राजेन्द्र विश्वकर्मा र ममता बानियाँलाई पार्टीबाट निष्काशन गरिएको हो ।
कारबाहीमा परेका नेताहरूलाई संघीय फोरमले पार्टीका उम्मेदवारहरूलाई हराउन भूमिका खेलेको, बागी उम्मेदवारी दिएको लगायतका आरोपहरू लगाएको छ ।












प्रतिक्रिया