– सुदीप निउरे
क्वालालम्पुर, २४ असार । मलेसियामा गत जनवरी यता ३६ जना नेपाली कामदारले आत्महत्या गरेका छन् । यहांस्थित नेपाली राजदुतावासले दिएको जानकारी अनुसार आत्महत्या बाहेक पछिल्लो ६ महिनाको अबधिभित्र १ सय ६० जना नेपाली कामदारले बिभिन्न कारणबाट ज्यान गुमाएका छन् । जसमध्य आकस्मिक मृत्युको दर धेरै छ ।
राजदुतावासमा आयोजित अन्तरक्रिया कार्यक्रममा राजदुतावासले यस्तो डरलाग्दो तथ्यांक सार्बजनिक गरेको हो । आत्महत्या, दुर्घटना, आकस्मिक मृत्यु लगायत गरि यसबर्ष मात्रै कुल १ सय ९६ जना नेपालीले ज्यान गुमाएको मलेसियाका लागी नेपाली राजदुत डाक्टर निरंजनमानसिंह बस्न्यातले जानकारी दिए ।
मलेसियामा बर्षेनी ३ सय ५० देखि ४ सय २५ जना कामदार सम्मले ज्यान गुमाउने गरेको तथ्यांक भेटिन्छ । त्यसो त मलेसियामा गत बर्ष सन २०१६ को अबधिमा मात्रै ३ सय ९२ जना नेपाली कामदारले ज्यान गुमाएका थिए । जस मध्य ८ जना महिला थिए । अघिल्लो बर्ष सन २०१६ को तुलनामा यस बर्ष सन २०१७ को ६ महिने अबधिमा मृत्युदर पनि समान भेटिएको छ । मृत्युदरमा कत्ति पनि कमि आउन सकेको छैन् ।
यस्तै, सन २०१५ मा पनि सबै भन्दा बढि ४ सय २५ जना नेपाली कामदारले मलेसियामा बिभिन्न कारणले ज्यान गुमाएका छन । यसैगरी सन २०१४ मा ३ सय ६१ जना नेपालीले बिभिन्न कारणले ज्यान गुमाएको राजदुतावासको तथ्यांकमा उल्लेख छ । बैदेशिक रोजगारका लागी मलेसिया आएका अधिकांश नेपाली कामदारहरुको राती सुतेको बेलामा आकस्मिक हृदयको गति बन्द भई मृत्यु हुने गर्दछ । यस प्रकारको मृत्युदरको समस्या यसबर्ष पनि घट्न नसकेको राजदुत डाक्टर बस्न्यात बताउंछन ।
स्वास्थ्य मन्त्रालयको टोलीले गर्यो अध्ययन
मलेसियामा नेपाली कामदारहरुको आकस्मिक मृत्यु हुने सम्बन्धमा स्वास्थ्य मन्त्रालयको टोलीले भर्खरै एक अध्ययन गरेको छ । नेपाली कामदार किन आकस्मिक मृत्यको मुखमा परिरहेका छन भन्नेबारेमा टोलीले अध्ययन गरेको हो । पाटन स्वास्थ्य बिज्ञान प्रतिष्ठानका डाक्टर केदार प्रसाद बरालको नेतृत्वमा मलेसिया आएको पांच सदस्यिय टोलीले आकस्मिक मृत्युका घटना भएका स्थलहरु, कार्यस्थलहरु एवं कामदार बस्ने ठाउंहरुको स्थलगत निरीक्षण गरेको छ ।
ज्यान गुमाएका कामदारका साथीहरु,रोजगारदाताहरु, यस बिषयमा अध्ययन गरिरहेका मलेसियन चिकित्सकहरु लगाएत मलेसियास्थित नेपाली राजदुतावासका कर्मचारीहरु एवं संचारकर्मीहरुसंग पनि स्वास्थ्य मन्त्रालयको टोलीले छलफल गरेको छ । सबै पक्षसंग गरेका छलफल तथा त्यस छलफलको माध्यमबाट संकलन गरेका आबश्यक तथ्यांक र सुचनाबाट आकस्मिक मृत्युबारे निचोट निकाल्न सकिने अध्ययन टोलीको बिश्वास छ ।
भबिश्यमा यस समस्यालाई ब्यबस्थित र बैज्ञानिक अध्ययन अनुसन्धानको लागि मलाया युनिभर्सिटीको सम्बन्धित बिभागसंग प्रतिष्ठान तहमा समेत सहकार्य र सहयोग बढाउने बिषयमा समेत टोलीले बार्ता तथा छलफल गरेको छ । अध्ययन टोलीमा शहिद गंगालाल राष्टिय हृदयरोग केन्द्रका मुटुरोग बिशेषज्ञ डाक्टर रामेशराज कोईराला,स्वास्थ्य मन्त्रालयका सहसचिव सनत केसी, उपसचिव राजिव पोख्रेल एवं श्रम तथा रोजगार मन्त्रालयका उपसचिव अर्जुन प्रसाद खनाल सहभागी थिए ।
नेपाली राजदुतावासको अनुरोधमा मलेसिया आएको पांच सदस्यिय टोलीले मलेसियाका बिभिन्न स्थानमा गई नेपाली कामदारहरुको बास्तबिक स्वास्थ्य समस्याबारे छलफल तथा अन्र्तक्रिया समेत गरेको छ । छलफल तथा अनुगमनका क्रममा नेपाली कामदारहरु बस्ने अधिकांश होस्टल अत्यन्तै अव्यवस्थित भेटिएको , होस्टलहरु खुल्ला तथा अक्सिजन प्रयाप्त नभएको टोलीले बतायो ।
एउटै कोठामा अत्याधिक नेपाली कामदार थुप्रिएर बस्नु पर्ने, भोजनहरु सन्तुलित नभएको, गुणस्तरहिन मादक पदार्थ सेवन गर्ने गरेको, लामो समयसम्म काम गर्नु बध्यता, पानी कम पिउने गरेको, स्वास्थ्यमा ध्यान नदिएको, कामदारहरुको स्वास्थ्य समस्याप्रति रोजगारदाता पनि गम्भीर नभएको, उपचारमा ढिलाई गर्ने गरीएको, भाषाको समस्याले पनि कामदारले समयमा उपचार पाउन नसकेको अध्ययन टोलीको ठहर छ ।
नेपाली कामदारहरुले माछामासु प्
यसैबिच नेपाली कामदारहरुको स्वास्थ्य समस्याबारे मलेसियामा जनचेतना बढाउने राजदुत बस्न्यातले बताए । हाल शुरु गरिएको अध्ययनलाई निचोडमा पुर्याउन अध्ययन टोलीलाई आबश्यक पर्ने थप सुचना तथा अन्य सहयोग अगाडी बढाउन आफुहरु तयार रहेको राजदुत डाक्टर बस्न्यातले प्रतिबद्धता ब्यक्त गरे । अध्ययन टोली शनिवार नेपाल फर्केको छ ।
















प्रतिक्रिया