१ कार्तिक २०८३, आइतबार

राष्ट्रसंघ हेडक्वार्टर सम्मेलनमा विश्व समुदायले गर्यो नेपाली सेनाको प्रशंसा

46.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ असार । अन्तर्राष्ट्रिय फोरममा नेपाली सेनाको खुलेरै प्रशंसा भएको छ ।

संयुक्त राष्ट्रसंघको मुख्यालय, न्यूयोर्कमा शुक्रबार (हिजो) आयोजित विश्व शान्ति कार्यमा शान्ति सैनिक पठाउने देशहरु (टीसीसी)को दोस्रो चिफ अफ डिफेन्स कन्फ्रेन्समा नेपाली सेनाले विश्व शान्ति स्थापना कार्यमा पुर्याकएको योगदान, साहस र कर्तव्यपरायणताको मुक्तकण्ठले प्रशंसा भएको प्रधानसेनापति राजेन्द्र क्षत्रीले जनाएका छन् ।

क्षत्री नेपालको प्रतिनिधित्व गर्दै उक्त सम्मेलनमा सहभागी भएका थिए । उनले सम्मेलनमा नेपालको सहभागिता ज्यादै नै फलदायी साबित भएको टिप्पणी गरेका समेत गरेका छन् ।

उक्त कन्फरेन्समा १०५ वटा देशका सेना प्रमुखहरु लगायत विभिन्न क्षेत्रिय संगठनका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

राष्ट्र संघको शान्ति सेनामा नेपाल छैठौं स्थानमा रहँदै आएको छ । शान्ति स्थापनामा नेपाली सेना राष्ट्र संघको मुख्य रोजाईमा पर्ने गर्दछ । हाल नेपाल विश्वमा विभिन्न राष्ट्रमा शान्ति स्थापनार्थ खटिएको छ ।

अमेरिकी अधिकारीहरुसँग भेटघाट

भ्रमणको क्रममा प्रधान सेनापति क्षत्रीले डिर्पाटमेन्ट अफ पीस किपिङ अपरेशनका अण्डर सेक्रेटरी जनरल जीन–पिरे लाक्रोक्स, डीपार्टमेन्ट अफ फिल्ड सपोर्टका अण्डर सेक्रेटरी जनरल अतुल खरे तथा संयुक्त राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनिधी दुर्गा प्रसाद भट्टराईसँग छुट्टा–छुट्टै भेट गरेका थिए ।