
लिस्बन । नेपाली कांग्रेसको प्रवासी भातृ संगठन नेपाली जनसम्पर्क समिति पोर्चुगलको पाँचौं अधिबेशन नजिकिएसँगै चुनावी चर्चा शुरु भएको छ ।
चुनावी चर्चाका बीच समितिका महामन्त्री बिनोद घिमिरेले आगामी कार्यकालका लागि सभापति पदमा उम्मेदवारी दिने भएका छन् ।
यही जुलाई २३ तारिखका दिन लिस्बनमा हुन गईरहेको समितिको पाँचौ अधिबेशनमा आफूले सभापति पदमा उम्मेदवारी दिने घिमिरेले बताएका हुन् ।
एक कार्यकाल कार्यसमिति सदस्य र पछिल्लो दुई कार्यकाल महामन्त्रीका रुपमा समितिको नेतृत्व तहमा रहेर काम गरेका घिमिरेले आफूलाई सभापति पदको बलियो उम्मेदवारका रुपमा प्रस्तुत गरेका छन् ।
समितिको नेतृत्व गर्ने पालो सरासर आफ्नै भएका कारण सभापतिको आँकाक्षी भएको घिमिरेको भनाई छ ।
उनले संगठनका लागि आफूले गरेको काम, योगदान र निरन्तरको सकृय क्रियाशीलतालाई मूल आधार बनाएर सभापति पदको दाबेदारी प्रस्तुत गरेका छन् ।















प्रतिक्रिया