बाँके, २४ असार । भारततर्फ तस्करीमार्फत काँचो सुनका गहना बाँके प्रहरीले नेपालगञ्जमा पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख टेकप्रसाद राईका अनुसार बुधबार दिउँसो नेपालगञ्जको वडा नम्वर ३ स्थित त्रिवेणी मोड नजिकैबाट प्रहरीले बिशेष सूचनाका आधारमा सुन तस्करलाई सुनका गहनासहित पक्राउ गर्न सफल भएको हो ।
भारतको अमृतसर पंजाब सुल्थबिन रोड बस्ने वर्ष ५१ को कुलबिन्द्र सिंह सरदारलाई बिभिन्न किसिमका १५३.६९० ग्रामको मूल्य रु.६,९९,६६८ बराबरको गहनाहरू बरामद गरीएको राईले बताए ।
प्रहरीले उक्त गहना सहित पक्राउ गरेको ब्यक्तिलाई आवश्यक अनुसन्धान र कार्वाहीका लागी राजश्व अनुसन्धान कार्यालय कोहलपुरमा चलान गरीएको जनाएको छ ।













प्रतिक्रिया