२१ कार्तिक २०८३, शनिबार

मोरङको धनपालथानमा कांग्रेस

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, २४ असार । मोरङको धनपालथान गाउँपालिकामा नेपाली कांग्रेसले जित हात पारेको छ ।

कांग्रेसका अध्यक्ष पदका उम्मेदवार हरिलाल सिंह पाँच हजार १८७ मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन अधिकृत टोलराज उपाध्यायले जानकारी दिनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का मुसहरु मण्डलले चार हजार ८२५ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै उपाध्यक्षमा कांग्रेसकी नसिमा बानो चार हजार ६३५ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँकी निकटतम प्रतिद्वन्द्वी एमालेकी उपासी राजवंशीले चार हजार ४२१ मत प्राप्त गर्नुभएको छ ।

उक्त गाउँपालिकामा १७ हजार ३२६ मत खसेकामा १५ हजार ३०८ मत सदर भएको थियो । अध्यक्ष पदमा दुई हजार १८ मत बदर भएको थियो । रासस