३ कार्तिक २०८३, मंगलबार

किन हेर्ने ‘सायद २’ ? के भन्छन् सुनिल रावल ?

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– सुनिल रावल, फिल्म मेकर

फिल्म मेकर सुनिल रावलको ‘सादय २’ रिलिजको तयारीमा छ । यही असार ३० गते फिल्मले धमाकेदार ओपनिङ गर्दैछ । फिल्मको प्रचार प्रसार र मार्केटिङमा निर्माण पक्ष लागेको छ । ‘सायद’, ‘होस्टेल’, ‘होस्टेल रिटर्न्स’ जस्ता सफल फिल्म बनाएका रावल अहिले आफ्नो ध्यानलाई ‘सायद २’को प्रचार प्रसारमा केन्द्रित बनाएका छन् । काठमाडौं, पोखरा र मनाङमा ‘सायद २’को छायाँकन भएको थियो । सोही फिल्मका निर्माता एवम् अभिनेता सुनिल रावलसँग गरिएको कुराकानी :

‘सायद २’ किन बनाउनु भएको हो ?

– ‘सायद २’ दर्शकहरूलाई इन्टरटेनमेन्टका लागि फिल्म बनाइएको हो ।

यसको कथा कस्तो छ ?

– अहिलेको टिनेजरमा जुन किसिमको लभ, त्यसमा धोकाका कुराहरू छन् । यी कुराहरूलाई हुबहु फिल्मको माध्यमबाट दर्शकहरूलाई शिक्षा दिन कथाबस्तु राखिएको छ । साधारण कथावस्तुलाई सरल रुपमा बनाएको फिल्म हो ।

पहिला पनि तपाईले सायद बनाउनु भएको थियो । त्यसकै सिक्वेल हो ?

– सिक्वेल पटक्कै होइन । मैले सायद, होस्टेल र होस्टेल रिटन्र्स बनाए । जति फिल्म बनाए सबैको स्टोरी डिफ्रेन्ट छन् । टाइटल मात्रै उस्तै उठाएको हो । यो पनि दर्शकको माग अनुसार ‘सायद २’ नाम राखेको हुँ । दर्शकहरूले ६–७ वर्ष अगाडि ‘सायद’ हेरिसकेका छन् । दर्शकहरूलाई पनि ‘सायद २’ बनोस् भन्ने सामाजिक सञ्जालहरूमा धेरै कुराहरू आइरहेका थिए । दर्शकको माग र दर्शकको लागि चलचित्र बनाउने हो । दर्शककै अनुसार जाने हो । आफ्ना लागि चलचित्र बनाउने होइन । डाइरेक्टरको लागि चलचित्र बनाउने होइन । दर्शकका लागि चलचित्र बनाउने हो । त्यो हिसावले ‘सायद २’ लाई सिक्वेल नबनाएर कथा पूरै फरक छ ।

‘सायद’को कथा ‘सायद २’ मा मल्छ कि मिल्दैन ?

– कथा पटक्कै मिल्दैन । कथा मिल्नेवित्तिकै मान्छेलाई मोनोटनस हुन्छ । फ्रेस स्टोरी भयो भने दर्शकले फेरि फिल्म हेर्छन् । दर्शकलाई आकर्षित गर्नका लागि पनि नयाँ क्रियशन गर्नुपर्छ ।

‘सायद २’मा कलाकारहरू नयाँ हुन् कि पुराना छन् ?

– सबै कलाकारहरू नयाँ नै छन् । ‘होस्टेल रिर्टन्स’का कलाकार पनि छन् ।

किन नयाँ कलाकार राख्नु भयो ?

– नयाँलाई यदि हामीले चान्स दिएनौँ भने उनीहरूलाई स्थान दिने कसले त ? नयाँलाई पनि त हामीले स्थान दिनु पर्छ । त्यो हिसावले नयाँलाई चान्स दिने हो ।

तपाईको फिल्म रिलिजको समय आइसक्यो । प्रचार–प्रसार कसरी गर्नु भएको छ ?

– हामीले फिल्मको मार्केटिङ गरिरहेको छु । म किन र केका लागि फिल्म इन्ड्रस्टिजमा आएको हुँ भन्ने कुरा प्रचार सामग्रीमा उल्लेख छ । मैले प्रचार–प्रसारलाई भन्दा पनि मार्केटिङलाई ध्यान दिएको छु ।

तपाईको फिल्मको प्रचार–प्रसार अलिक धेरै भएको जस्तो लाग्छ ? खर्च त धेरै गर्नु भएको छ है ?

– फिल्मको विज्ञापन आक्रामक नै छ । पब्लिसिटी र मार्केटिङलाई केन्द्रमा राखेर अगाडि बढेको छु । खर्च त भइहाल्छ नि ।

फिल्म बनाउँदा कत्तिको समस्या भयो ?

– फिल्म निर्माणमा कठिनाइ छ भइहाल्छ । जुन चिजमा काम गर्न अप्ठ्यारो भयो त्यो काम गर्न मलाई मन पर्छ । म हार्डवर्कमा रमाउने मान्छे हुँ ।

तपाईको फिल्म ‘सायद २’ किन हेर्ने ?

– ‘सायद २’ इन्टरटेन्मेटका लागि हो । दुई घण्टा हामी केका लागि जान्छौँ हलसम्म ? हामी हलसम्म जानु भनेको इन्टरटेनमेटका लागि हो । रमाइलोका लागि पनि यो फिल्म हेर्नुपर्छ ।

तपाईको फिल्म कति हलमा लाग्छ ?

– मेरो फिल्म यति वटा हलमा चल्छ भन्ने भन्दा पनि जुनदिन हलमा फिल्म चल्छ त्यो दिन थाहा हुन्छ कि मेरो फिल्म कति वटा हलमा चल्दैछ भन्ने कुरा । यतिवटा हल भन्ने छैन । रिलिज हुनुभन्दा एक दिन अगाडि कति वटा हलमा फिल्म चल्दैछ भन्ने कुरा थाहा हुन्छ ।

कलाकार र प्राविधिकहरूसँग तपाईको खटपट वा रिसराग केही भएको छ ?

– आफ्नो टिमसँग केको रिसराग राख्ने ? आफ्नो टिम हो । आफ्नो टिमलाई मिलाएर लैजानु पर्छ ।

कथा र निर्देशकको ट्युनिङ मिलेको छ ?

– कथा र निर्देशकको टुयुनिङ मिलेन भने त फिल्म नै बन्दैन नि ? म सन्तुष्ट छु ।

‘सायद २’ को स्क्रिप्ट कसरी बनाउनु भयो ?

– स्क्रिप्टका लागि ३ महिना अन्तरक्रिया गरेर कथा बनाइएको हो । पोखरामा गीतको सुटिङ गरेको राम्रो लागेन । मेरो पत्नीले गीतको रि–सुट गर्न भनेर सुझाव दिएपछि मनाङमा गएर गीतको रि–सुट गरेका हौँ ।

तपाईको फिल्मसँग अरु फिल्म पनि भिड्दै होला है ?

– फिल्म जुध्ने पक्का छ । फिल्म जुध्यो भने नोक्सानी हुन्छ । । मेरो प्रोडक्टलाई उपभोक्तासम्म पु¥याउने दायित्व मेरो हो । माया गर्ने र नगर्ने भन्ने कुरा दर्शकको हातमा छ ।