३ कार्तिक २०८३, मंगलबार

जोनी लिभरकी छोरी लण्डनमा कमेडी गर्दै

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । हास्यकलाकार जोनी लिभरले आफ्नो अन्दाजले थुप्रै दर्शक हँसाएका छन् र उनी धेरैको रुचीमा पनि पर्छन् ।

तर पछिल्लो थुप्रै वर्षदेखी उनी बलिउडबाट टाढा छन् । जोनी लिभरले आफूलाई टेलिभिजनबाट टाढा राखेपनि उनकी छोरी उनकै नक्सा कदममा हिँडिरहेकी छिन् र कमेडी गरिरहेकी छिन् ।

जोनी लिभरकी छोरी जेमी लिभरले लण्डनको वेस्टमिन्स्टर युनिभर्सिटीबाट मार्केटिङ कम्युनिकेशनमा मास्टर्स गरेकी छिन् । सन् २०१२ मा जेमीले लण्डनमा रहेको मार्के्टिङ रिसर्च एजेन्सीमा मार्केटिङ एक्जेक्युटिभको रुपमा काम गर्न सुरु गरिन् ।

यस्तै, सन् २०१३ मा उनी सोनी च्यानलमा ‘कमेडी सर्कर के बाहुबली’ मा देखिएकी थिइन् । त्यसपछि जेमी सन् २०१५ मा रिलिज भएको फिल्म ‘किस किसको प्यार करुँ’ मा देखिएकी थिइन् ।

आजकाल उनी ‘सबसे बडा कलाकार’ मा अभिनेता जय भानुशालीसँगै कार्यक्रम होस्ट गरिरहेकी छिन् । एक वेबसाइटसँग कुरा गर्दै जेमीले टेलिभिजन र फिल्ममा कदम राख्नु उनका लागि मुश्किल थिएन ।

उनी ‘जोनी लिभरकी छोरी हुन्, जसको अर्थ हाम्रो पनि छोरी हुन्’ भन्दै उनलाई थुप्रैले सहयोग गर्ने गरेको उनले बताइन् । जेमीका जेसी नामका एक भाइ पनि छन् । – एजेन्सी