१ कार्तिक २०८३, आइतबार

केपी ओलीको गृहनगरमा एमालेको सानदार जित, काँग्रेस-माओवादी शून्य

3.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दमक, २३ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमकमा नेकपा एमालेले जित हात पारेको छ ।

शुक्रबार दिउँसो सार्वजनिक भएको अन्तिम मतपरिणाम अनुसार, नेकपा एमालेका रोमनाथ ओली मेयरमा विजयी भएका छन् । उनले १० हजार ८०६ मत प्राप्त गरे ।

यस्तै उपमेयरमा पनि एमालेकै गीता पौडेल अधिकारी विजयी भएकी छिन् । उनले १२ हजार ६२५ मत ल्याइन् ।

मेयरमा राप्रपाका राम थापा दोश्रो स्थानमा आए भने माओवादी केन्द्रका रेवतीराज पुरी तेश्रो र नेपाली कांग्रेसका ढुण्डीराज भण्डारी चौंथो स्थानमा सीमित रहे ।

दमक नगरपालिकाका १० वटा बडामध्ये ८ वटामा नेकपा एमाले विजयी भएको छ । २ वटामा राप्रपा विजयी भएको छ ।

वडा नम्बर १ मा राप्रपाका ताराप्रसाद अधिकारी, २ मा एमालेका प्रजापती सापकोटा, ३ मा एमालेकै नवीन बराल, ४ मा पनि एमालेकै कुमार साम्सुहाङ, ५ मा एमालेकै इन्द्र गुरुङ, ६ मा एमालेकै टेकबहादुर थापा, ७ मा राप्रपाका भीम पौडेल, ८ मा एमालेका पशुपति गौतम, ९ मा एमालेकै रामप्रसाद धिमाल र १० मा पनि एमालेकै बोधराज न्यौपाने विजयी भएका छन् ।

कांग्रेस-माओवादी शून्य

वडा नम्बर ७ मा वडासदस्य पदसहित एकजना दलित महिला सदस्य राप्रपाले जितेको छ भने अरु सबै पद र अरु वडाका पनि सबै सदस्य पदमा एमाले नै विजयी भएको छ । दमकमा कांग्रेस र माओवादी केन्द्रले भने एउटा वडा सदस्य समेत जित्न सकेनन् ।