१ कार्तिक २०८३, आइतबार

पहिरोले राजधानीमै मोटरसाइकल चालक पुरिए

2.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर, २२ असार । पहिरोले राजधानीमै एकजना मोटरसाइकल चालक पुरिएका छन् ।

बागमती गाउँपालिका वडा नम्बर ३ झाक्रेडाँडामा अविरल बर्षाको कारण बिहिबार पहिरो गई ईकुडोलबाट चापागाउँतर्फ जाँदै गरेको बा.५८ प ८१८० नम्बरको मोटरसाइकल पुरिएको हो ।

घटनामा परी सोही गाउँपालिका–७ ईकुडोल बस्ने २१ वर्षीय उमेश भुलन दायाँ खुट्टामा चोट लागेर घाइते भएका छन् । मोटरसाइकलको भाईजर, ट्याङकी कुचिएर काम नलाग्ने अबस्थामा रहेको छ । पहिरोको कारण बाटो अवरोध भएकोले प्रहरी टोलीले खुलाउने कोसिस गरेको छ ।