५ कार्तिक २०८३, बिहिबार

आजदेखि नेपाल सम्वत् ११३५ सुरु, नेपाल सम्वत नेवार समुदायको मात्रै हो त ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal-sambat

काठमाडौं, ७ कात्तिक । नेपाल सम्वत् ११३५ आज नेपाल राज्यभर विविध कार्यक्रम गरी मनाइँदैछ। यस सम्वत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन्।

राष्ट्रिय विभूति शङ्खधर साख्वाःले ईसं ८८० मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत्को सुरुवात् गराउनुभएको थियो। नेपाल संवत्ले ८८८ सम्म राष्ट्रिय सम्वत्को मान्यता पाई आधिकारिकता पाएको थियो।

विसं १९६० देखि भने नेपाल सम्वत्लाई राष्ट्रिय सम्वत्को मान्यता दिन छोडिएको थियो। राणा शासनको अन्त्य भई २००७ सालमा प्रजातन्त्रको स्थापना भएपछि देखि नै नेपाल सम्वत्लाई राष्टिय मान्यताका लागि अभियान चलाई आइएको छ।

नेपाल सम्वत्लाई नयाँ वर्षका रुपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेषरुपमा मनाउने गरिन्छ।

गरिब जनताको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक सम्वत्समेत चलाएको कार्यको उच्च मूल्यांकन गर्दै २०५५ सालमा सरकारले साख्वाःलाई राष्टिय विभूति घोषणा गरेको थियो।

यो पनि पढनुहोस्:
नेपाल सम्वत नेवार समुदायको मात्रै किन होइन ?