
काठमाडौं, २२ असार । फिफा वरीयतामा नेपाल एक स्थान तल झरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले जुलाई महिनाको लागि जारी गरेको नयाँ वरीयतामा नेपाल खस्किएको हो । ११७ अंक रहेको नेपाल एक स्थान तल झर्दै १७०औं स्थानमा पुगेको छ ।
गत जुनमा एएफसी एसिया कप छनोट अन्तर्गत घरेलु मैदानमा भएको खेलमा यमनसँग गोलरहित बराबरी खेलेको नेपालले एक अंक थप गरेपनि वरीयतामा भने एक स्थान तल झरेको हो ।
दक्षिण एसियामा भारतले शीर्ष स्थानमा कायमै छ र ४ स्थान सुधार गर्दै ९६औं स्थानमा उक्लेको छ । भारत सन् १९९६ मा ९४औं स्थानसम्म पुगेको थियो ।
जर्मनी, ब्राजिल र अर्जेन्टिनालाई पछि पार्दै विश्व वरीयताको शीर्ष स्थानमा उक्लेको छ ।
दक्षिण एसियाली क्षेत्रमा भारतसँगै माल्दिभ्स र भुटान–नेपालभन्दा अगाडि छन् । बंगलादेश, श्रीलंका र पाकिस्तान नेपालभन्दा पछि परेको छ ।















प्रतिक्रिया