गुल्मी । गायिका कल्पाना कुसुमको ‘रानी चरी’ तीज गीतको कोसेली सार्वजनिक भएको छ । हिन्दू महिलाहरुको महान पर्व तीज पर्व आउन झण्डै २ महिना बाँकी रहँदा उनले तीज गीत ल्याइएकी हुन् ।
पछिल्ला केही वर्ष यता निरन्तर तीजपर्वका बिशेष गीतहरु निकालेर चर्चामा रहेकी कल्पनाले यस वर्ष पनि गीत ल्याएकी हुन् ।
तीज पर्वमा गाइने बास्तबिक भाकालाई उनले गीतमा समाबेश गरेकी छन् । तीज पर्वमा नारीहरुको यथार्थलाई भाकामा उतारिएको छ ।
गीतमा बैकुण्ठ महतको लय, महत र नारायण सापकोटाको शब्द रहेका छन् । स्वर भने कुसुमको रहेको छ ।
















प्रतिक्रिया