१ कार्तिक २०८३, आइतबार

बेल्जियममा मनाईयो स्व. गिरिजाप्रसाद कोइरालाको जन्म जयन्ति

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बेल्जियम । नेपाली जनसम्पर्क समिति बेल्जियम ले गत सोमबारका दिन लुभेन शहरमा नेपाली कांग्रेस का पुर्व सभापति स्वर्गीय गिरिजा प्रसाद कोईरालाको ९४ औं जन्म जयन्ति कार्यक्रम एक समारोहका बीच समपन्न गरेको छ ।

नेपाली जनसम्पर्क समिति बेल्जियमकी सभापति सीता सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि को रुपमा नेपाली कांग्रेस पार्टी का मुख्य सचिव कृष्ण पौडेल रहेका थिए ।

प्रमुख अतिथिको आसन बाट बोल्दै  पौडेल ले  गिरिजा प्रसाद कोईराला ले प्रजातन्त्र तथा लोकतन्त्र का लागी बिभिन्न चरणमा गरेको योगदान बारे बताउदै सशस्त्र युद्ध गरेको नेकपा माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन महत्त्वपूर्ण भूमिका तथा ६२/६३ जनान्दोलन को मुख्य कमान्डर रही देशमा लोकतन्त्र स्थापना साथै उहाको अगुवाईमा नेपाली कांग्रेस ले बिभिन्न काल खण्डमा प्रजातन्त्र र लोकतन्त्रका लागी गरेको भूमीका बारेमा बताएका थिए  । साथै नेपालको बर्तमान ट्रान्जेक्सन पिरड मा संबिधान कार्यन्वयन को लागी बिभिन्न चरणको निर्वाचन लाई समयमै सम्पन्न गरि लोकतन्त्र लाई बलियो बनाउनु  नेपाली कांग्रेस को जिम्मेवारी रहेको बताए  । कार्यक्रममा अध्यक्षता गरिरहेकी सभापति सापकोटा ले आफ्नो आसन बाट बोल्दै स्वर्गीय गिरिजा प्रसाद कोईराला प्रजान्त्रिक आन्दोलनका शिखर योद्धा रुपमा रहेको र नेपालमा शान्ति र लोकतन्त्र स्थापना का निमित्त देशका मुर्धन्य नेताको रुपमा बताउदै कांग्रेसले स्वर्गीय गिरिजा प्रसाद कोईरालाले गरेको योगदान लाई व्यवहारमा सदैव लागू गर्न स्मरण समेत गराएकी थिईन  ।

जन्म जयन्ति समारोहमा नेजस बेल्जियमका संस्थापक अध्यक्ष ध्रुबराज पौडेलले गिरिजा बाबू को जीवनी को बारेमा चर्चा गरेका थिए भने कार्यक्रममा पुर्व अध्यक्ष ईन्द्र क्षेत्री पकवान, निबर्तमान अध्यक्ष सुवास जोशी ले समेत स्वर्गीय गिरिजा प्रसाद कोईरालाको बारेमा आ-आफ्नो मन्तब्य व्यक्त गरेका थिए भने उपस्थिति सम्पूर्ण महानुभावहरुलाई बरिष्ठ उपाध्यक्ष देवेन्द्र शर्मा पौडेल देबू ले मन्तब्य द्वारा स्वागत गरेका थिए ।
  उक्त कार्यक्रमा नेजस बेल्जियमका पुर्व सल्लाहकार तथा पर्वत समाजका अध्यक्ष झलक के. सी, नेपाली काँग्रेस पार्टी कार्यालय मुख्य सचिव की धर्म पत्नी श्रीमती दुर्गा पौडेल  लगाएत नेजस बेल्जियमका समिति पदाधिकारी तथा सदस्यहरु साथै  अन्य बिभिन्न महानु भाव हरुको उपस्थिति रहेको थियो भने कार्यक्रम नेपाली जनसम्पर्क समिति बेल्जियमका महामन्त्री दिनेश भण्डारीले संचालन गरेका थिए ।