३ कार्तिक २०८३, मंगलबार

‘ट्युबलाईट’ सुपरफ्लप, सलमान र कबीरबीच द्वन्द्व

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


मुम्बई । बलिउड अभिनेता सलमान खानको फिल्म ‘ट्युबलाईट’ सुपरडुपर फ्लप हुन पुगेको छ ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार सलमानको ट्युबलाईट’लाई दर्शकले खासै रुचाएनन् । फिल्म वितरण गर्न प्रिन्ट किनेको कम्पनी अहिले सो फिल्मका कारण डुबेको छ । सलमानका अघिल्ला फिल्महरू जस्तै ‘ट्युबलाईट’ पनि चल्ने आशमा फिल्म कम्पनीले ठूलो धनराशी खर्च गरेर फिल्म किनेको थियो । तर, यो समाचार तयार पर्दासम्म सलमानको फिल्मले आधा पैसा पनि कमाउन नसकेको बताइन्छ ।

फिल्म फ्लप भएपछि सलमान खान तनाबमा परेका छन् । उनका अन्य फिल्मजस्तै यो पनि हिट हुने धेरैको आकलन थियो । फिल्मले मिश्रित प्रतिक्रिया पाउँदै सोचेको जस्तो व्यापार गर्न सकेन ।

फिल्मले दर्शकको मन छुन नसकेपछि अहिले सलमान र ‘ट्युबलाईट’का निर्देशक कबीर खानबीच द्वन्द्व चलेको छ ।

फिल्मको मुख्य खम्बा मानिएका दुई खान अहिले फिल्म नचल्नुमा एकअर्कालाई दोष दिँदै हिँड्न थालेका छन् ।

यसअघि सलमान र कबीरले ‘बजरंगी भाइजान’, ‘टाइगर’ जस्ता हिट फिल्ममा सँगै काम गरेका थिए। तर, अहिले यो जोडीको कामले पहिले जस्तो सफलता नपाएपछि उनीहरूबीच विवाद बढेको हो ।

सलमानले यो फिल्म खेल्न नै चाहेका थिएनन् । निर्देशक कबीरको भरोसामा काम गरेको समाचारमा उल्लेख छ ।

फिल्म हेरेपछि सलमानले नै यो फिल्म धेरै नचल्ने दावी गरेको भारतीय समाचारमाध्यमले उल्लेख गरेका छन् ।

फिल्ममा सलमानले खेलेको भूमिका दर्शकले पचाउनै नसक्ने भएको सलमानको निष्कर्ष छ । यसको दोष सलमानले कबीरलाई दिएका छन् । – एजेन्सी