१ कार्तिक २०८३, आइतबार

प्रचण्डले शेर्पाहरुलाई भने–आन्दोलनका लागि तयार रहनुहोस्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

parchandaकाठमाडौं, ६ कात्तिक । एमाओवादी अध्यक्ष प्रचण्डले सत्ता साझेदार कांग्रेस–एमालेले संघीयतामा खेलाँची गरिरहे आरोप लगाउनु भएको छ ।

नेपाल शेर्पा संघका प्रतिनिधिसँग लाजिम्पाटस्थित निवासमा बिहीबार भेट गर्ने क्रममा उहाँले ती दुई दलले ४–५ वटा प्रदेशको कुरा ल्याएर संघीयतामा खेलाँची गरेको आरोप लगाउनु भएको हो ।

‘कांग्रेस–एमालेले संघीयता नचाहेको प्रष्ट हुन्छ,’ उहाँले भन्नुभयो, ‘सत्तारुढ दल यही ढंगले अगाडि बढे राज्य पुनर्संरचनामा कुरा मिल्दैन । त्यसपछि पहिचान र संघीयता पक्षधर आन्दोलनमा जानुको विकल्प रहँदैन ।’

प्रचण्डले शेर्पाहरुलाई आन्दोलनको लागि तयार रहन आग्रह समेत गर्नुभएको थियो । उहाँले १० प्रदेश बहुपहिचानका आधारमा भए शेर्पालाई समेट्नेसमेत  बचन दिएको सहभागी एक नेताले जानकारी दिनुभयो ।