लमही, २० असार । दाङको लमही नगरपालिकामा नेकपा एमाले विजयी भएको छ ।
कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्काको पकड क्षेत्र मानिने लमहीमा एमालेका कुलबहादुर केसी मेयर निर्वाचित भएका छन् ।
उनले कांग्रेसका जोगराज चौधरीलाई ९५ मत अन्तरले पराजित गरे । यो नगरमा टिकट नपाएपछि खुमबहादुरका भतिजा डिल्लीबहादुर खड्का स्वतन्त्र उम्मेदवार उठेका थिए ।
बागी उठेपनि सुरु देखिनै अग्रता लिएको लमहीमा अन्तिममा एमालेले जित दर्ता गराएको हो । एमालेको जितसँगै लमहीमा कांग्रेसको गढ ढलेको टिप्पणी गरिन थालिएको छ ।
लमही नगरपालिकाको वडा नं. १ मा पनि नेकपा एमालेका अध्यक्ष एक मतले विजयी भएका छन् । सो वडामा नुमराज पौडेलले एक मतले कांग्रेसका उम्मेदवारलाई पछि पार्दै विजयी भएको निर्वाचन कार्यालयले जनाएको छ ।
एमालेका नुमराज पौडेलले ५६० र कांग्रेसका उम्मेदवार दामोदर पौडेलले ५५९ मत ल्याएका छन् ।
















प्रतिक्रिया